एनआरएनए जोगाउन सहमतिको आधारमा नेतृत्व चयन अपरिहार्य

–  गणेश केसी

गैर आवासीय नेपाली संघमा लामो समयदेखि जारी विवाद अत्य हुने आसा पलाएको छ । केहि दिनअघि बसेको संघको आइसिसी बैठकले प्रमुख संरक्षक शेष घले नेतृत्वमा पूर्व र वर्तमान अध्यक्ष तथा संरक्षक सबैलाई समेटेर ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिनुले संस्थामा केहि आसा पलाएको देखिन्छ । संस्थामा यो भन्दा सर्वोत्तम र माथिल्लो निकाय छैन । त्यसैले उच्चस्तरीय समितिले लामो समयदेखिको संस्थाभित्रको विवाद हल गरेर संस्थालाई निकास दिनुपर्छ ।

गैर आवासीय नेपाली संघ विशुद्ध सामाजीक संस्था हो त्यसमा पनि गैरराजनीतिक र गैरसामाजीक संस्था । त्यसकारण संस्थामा किन समस्या आयो ? अहिलेको अवस्थालाई निराकरण गर्न के गर्नुपर्ला ? भनेर गम्भिर समिक्षा हुँदै ठूलो कुरा संस्थाको गरिमा र साख जोगाउन आवश्यक देखिन्छ । अर्कोतर्फ आम गैर आवासीय नेपालीहरुको ठूलो त्याग र तपस्या तथा योगदान रहेको संस्थामा कसैको पनि निहित स्वार्थको आधारमा संस्थालाई हिलो छ्याप्ने, टुट फुट गर्ने र विभाजन गर्ने कार्य मान्य हुनै सक्दैन ।

अहिलेको अवस्थामा चुनाव भन्दा पनि ठूलो कुरा संस्थालाई एकताबद्ध बनाइराख्नु र विभाजन हुनबाट जोगाउनु हो । अहिलेको परिस्थितिमा संस्थाभित्र नेतृत्वका लागि तीन जनाले दावेदारी गरिरहनु भएको देखिन्छ । उच्चस्तरीय समितिले अहिलेका नेतृत्वका दावेदारहरु सबैलाई सहमतिमा ल्याएर सर्वसम्मत अर्थात सहमतिको आधारमा नेतृत्व चयन गर्न सकिएको खण्डमा संस्था एक हुन सम्भव पनि देखिन्छ । त्यसैले अग्रजहरुले जारी राख्नु भएको संस्था बचाउ अभियानमा पूर्ण साथ र समर्थन जनाउन चाहान्छु । साथै संस्थालाई सकभर सहमतिको आधारमा नेतृत्व चयन गर्दै संस्थाभित्रको एकता कायम गर्नु अहिलेको तड्कारो आवश्यकता हो । यदी सहमतिमा नेतृत्व चयन गर्न सकिएन भने निर्वाचन प्रणालीबाट आउने नेतृत्वले अहिलेको सन्दर्भमा संस्थागत रुपमा काम गर्न सक्ने देखिन्न । अबको छोटो समयमा यसतर्फ अग्रजहरुको ध्यान जाओस भन्ने सुझाव दिन चाहान्छु । धन्यवाद ।

केसी एनआरएनए आइसिसीको उपाध्यक्ष उम्मेदवार समेत हुनुुहुन्छ ।


प्रकाशित | ३ माघ २०७८, सोमबार २१:११