‘छ माया छपक्कै चलचित्र’को औपचारिक घोषणा

काठमाडौ: ‘छ माया छपक्कै’ चलचित्रको औपचारिक घोषणागरिएको छ । दिपक राज गिरी( दिपाश्री निरौला र रोहित अधिकारीको टिमअपबाट निर्माण हुन लागेको चलचित्र ‘छ माया छपक्कै’ को राजधानीमा एक भब्य कार्यक्रमका बिच औपचारिक घोषणा गरिएको हो ।

सो चलचित्रमा दीपक दीपाको प्रस्तुतीमा निर्माण हुनेछ भने दीपेन्द्र लामाले निर्देशन गर्ने छन् । दीपाश्री निरौलाले निर्देशन सल्लाहकारको जिम्मा लिएकी छिन् । चलचित्र निर्माण घोषणा गरेसँगै नायिकाको भूमिकामा कसलाई लिने भन्ने अनेक अड्कल बाजी चलिरहेको थियो, त्यो अनुमानलाई चिर्दै टिमले नायिका केकी अधिकारीलाई नायिकाको रुपमा सार्वजनिक गरेको हो । केकीसँगै चलचित्रमा दीपक राज गिरी केदार घिमिरे, जितु नेपालको मुख्य भुमिका रहने तय भइसकेको छ भने बाँकी कलाकार पनि छिट्टै फाइनल हुने दीपकले बताए ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०८:५५