नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ८६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, २१५ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन्।


प्रकाशित | ९ माघ २०७८, आईतवार १७:१६