कोरोना क्रास : अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

काठमाडौं : कोरोना (कोभिड–१९) भाइरसको क्रासको कारण पर्यटन क्षेत्र नराम्ररी प्रभावीत भएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई स्थगीत गर्दै नेपाल प्रवेशमा कडाई गरेपछि पर्यटन क्षेत्र नराम्ररी प्रभावीत बनेको हो ।

जसको कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमा २० प्रतिशत कटौती भएपछि यात्रु भने आधा घटेका हुन । प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट अघिल्लो यही याममा दैनिक १०० देखि ११० सम्म अन्तर्राष्ट्रिय उडान भएकोमा अहिले दैनिक सरदर ८० देखि ८५ उडान हुने गरेको छ ।

ठूलो संख्यामा उडान भइरहे पनि यात्रुको सङ्ख्या ह्वात्तै घटेको छ । पहिला अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ११ हजारभन्दा बढी यात्रुको आगमन हुने गरेकोमा अहिले ५ देखि ५५ हजार मात्रै यात्रु आगमन भइहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी गराउनुभयो ।


प्रकाशित | २८ फाल्गुन २०७६, बुधबार १९:१५