नेपालमा थप १ हजार ५३९ जनामा कोरोना संक्रमण, १ हजार ६८ जना डिस्चार्ज

काठमाडौं : नेपालमा थप १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ४९४ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ५३९ जनामा देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५८ हजार ३२७ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। यस्तै संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहेका छन्। क्वारेन्टाइनमा ७ हजार ८२० जना रहेका छन्।


प्रकाशित | ३१ भाद्र २०७७, बुधबार १६:३४