बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस

काठमाडौं –  काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घण्टापछि मात्र अवतरण भएको छ ।

बुद्ध एयरका अनुसार काठमाडौंबाट ७ः४४ बजे उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८ः४४ मा अवतरण हुनुपर्ने थियो । तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा पर्‍यो ।

यो जहाज बिहान ९ः१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको जनाइएको छ ।


प्रकाशित | ६ माघ २०७८, बिहीबार १४:१२