हावाहुरी प्रभावीतलाई एनआरएन हङकङको ९९ हजार ८५५ सहयोग

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले बारा र पर्साका हावाहुरी प्रभावीतलाई ९९ हजार ८५५ रुपैयाँ सहयोग गरेको छ । पहिलो चरणमा ५५ हजार २ सय ७५ रुपैयाँ पठाएको एनआरएन हङकङले अन्तिम चरणमा थप ४४ हजार ५ सय ८० गरि जम्मा ९९ हजार ८५५ संकलीत रकम एनआरएनए आइसिसीको खातामा नेपाल पठाएको एनआरएनए हङकङ अध्यक्ष राधीका गुरुङ (टिका ) ले जानकारी गराउनुभयो ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १६:५३