एनआरएनए यूकेमा १३ हजार ६ सय २९ जनाले मात्र मतदान गर्न पाउने

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) युकेको बास्तावीक पञ्जीकृत सदस्य संख्या १३ हजार ६ सय २९ मात्र रहने भएको छ । एनआरएनए यूकेको निर्वाचन समिति प्रवत्ता शिवजी श्रेष्ठका अनुसार आगामी १४ तारिखमा हुन लागिरहेको यूकेको निर्वाचनमा १३ हजार ६ सय २९ जनाले मतदान गर्न सक्नेछन् ।  एनआरएनए यूकेमा १३ हजार ८ सय ९० आवेदन दिएकोमा ४७ वटा एकै ब्यक्तीको दोहोरिन गएको र २१४ डकुमेन्टेसन नपुगेको गरि जम्मा २६१ लाई हटाउँदा सदस्य संख्या १३ हजा ६ सय २९ हुन आएको प्रवक्ता श्रेष्ठले जानकाी गराउनुभयो ।


प्रकाशित | १ भाद्र २०७६, आईतवार १८:११