नेपालमा एकै दिन थपिए १२ हजार ३३८ जना कोरोना संक्रमित

काठमाडौं – नेपालमा एकै दिन १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा हालसम्मकै बढी कोरोना संक्रमित थपिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। यस्तै ६४९ जना संक्रमणबाट मुक्त भएका छन्।


प्रकाशित | ६ माघ २०७८, बिहीबार १७:५०