सत्ता र परिवारवादको स्वार्थका लागि मुलुकमा अराजकता मच्चाए युवा–विद्यार्थी चुप लागेर बस्न सक्दैनन : महेश बस्नेत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा युवा नेता महेश बस्नेतले सत्ता तथा व्यक्तिगत, परिवारवादको स्वार्थका कारण मुलुकमा अराजकता तथा अस्थिरता मच्चाएमा आम नेपाली युवा–विद्यार्थी चुप लागेर बस्न नसक्ने चेतावनी दिनुभएको छ ।

View Post

आज स्याङ्जा–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पुष्प कमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल युवा विद्यार्थीलाई अराजकता मच्चाउने गरी सडक आन्दोलन गर्न निर्देशन दिएको प्रति आक्रोस व्यक्त गर्नुभयो ।

प्रचण्ड–माधव समूहका युवा विद्यार्थीले शान्तिपूर्ण आन्दोलनको नाममा हिंसात्मक गतिविधि प्रति केन्द्रीत रहेको उल्लेख गर्दै नेता बस्नेतले आम नेपाली युवा–विद्यार्थीले कानुनलाई हातमा नभई साथमा लिएर हिंसात्मक तथा अराजक गतिविधिलाई नियन्त्रण लिने बताउनुभयो । माधव–प्रचण्ड समूहको विद्यार्थी संगठनले आज ध्वंसात्मक आन्दोलन गर्ने कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।

उहाँले भन्नुभयो, ‘अबको आन्दोलन प्रतिस्पर्धाको आधारमा श्रेष्ठता प्राप्त गर्छ तर सडक आन्दोलनको कुनै अर्थ छैन । हजारौंको बलिदानीपूर्ण आन्दोलनबाट लोकतान्त्रीक गणतन्त्र स्थापना भएको छ । यसको रक्षाको निम्ती विधिवत तवरले हामी जस्तो सुकै कदम उठाउन सक्छौं । उग्रवामपन्थी नेता प्रचण्ड र खुरापाती नेता माधव कुमार नेपालको अराजकताको आव्हानलाई देशभरका युवा–विद्यार्थीले सहँदैनन् ।

प्रचण्ड–माधव समूहले आफ्ना केही झुण्ड युवा–विद्यार्थीलाई साहाकारी नभई मांसहारी, हत्या हिंसा, तोडफोडसहितको आन्दोलन गर्न निर्देशन दिनुभएको पाइएको छ । व्यक्तिगत सत्ता स्वार्थ तथा आफ्ना काला कर्तुतहरु लुकाउन हिंसात्मक गतिविधि गरे आम नेपाली युवा विद्यार्थीहरु कानुनलाई हातमा नभई साथमा लिएर नियन्त्रण गर्नेछन् ।’

सशस्त्र युद्धको समयमा गलत काम गर्नेजति सवै प्रचण्डका कार्यकर्ता तथा योद्धा भएको उल्लेख गर्दै राष्ट्रिय युवा संघ नेपालका इन्चार्जसमेत रहुनभएका नेता बस्नेतले प्रचण्ड सामन्ती फाँसीवादी भएको बताउनुभयो ।

विग्रेको क्रान्तिकारी योद्धा प्रचण्डको परिचित नाम प्रचण्ड रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘प्रचण्ड जस्तो कुकृत्य गर्ने व्यक्ति भएकाले जनताको डरले गर्दा सवैभन्दा ठूलो सुरक्षाकर्मी लिएर हिड्ने नभई केपी ओलीले नेतृत्व गरेका नेता तथा कार्यकर्ता एक्लै हिड्नेछन् । भित्तामा पुर्याउँछु, टाउको चिलायो, मांसहारी आन्दोलन गर्नु जस्तो अराजक गतिविधि गर्ने प्रचण्डलाई छुट छैन । आफुले पालेको जुँगा हल्लाएर जनतालाई थर्काएर हुन्छ रु यस्ता अराजक तत्वलाई बौद्धिक साइवर सेनाले नै ठिक पार्नेछन् ।’

प्रचण्ड एण्ड प्रचण्ड कम्पनी प्रतिनिधिसभाका निर्वाचन भएको दुई वर्ष पछि सरकार ढाल्ने र आफु राज्यसत्ता कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाउँदै नेता बस्नेतले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाले साथ दिनु नै प्रचण्ड–माधवमा ज्वरो आएको बताउनुभयो । ०६४ सालमा नै थाकेर राजिनामा दिई पलायन भइसकेका माधव कुमार नेपाल रहेको स्मरण गराउँदै नेता बस्नेतले हारेको तथा पार्टीबाट पलायन व्यक्ति प्रचण्ड–माधवले केपी ओलीलाई सम्झाउने समेत अधिकार नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आफुले गाँजा खाँदै अरुलाई चुरोट नखानु भन्दै सम्झाउने अधिकार छ रु गलत नेतृत्वले गर्दा राजनीतिक अस्थिरता पैदा भएको छ । मिसन र कमिशन खाएर निश्चित व्यक्तिको विरुद्ध निश्चित व्यक्तिको आदेशमा चलिरहे केही प्रायोजित मिडिया छन् । त्यसको नाइके प्रचण्ड रहेका छन् । ति मिडियाले सरकारले गरको राम्रो काम देख्ने आँखा नै छैन । प्रचण्डको आदेश जे आउँछ त्यो मात्र लेख्ने कलम तयार पारेर राखेका छन् ।’

प्रचण्ड–माधव समूहले काठमाडौँ लगायतका केही स्थानहरुमा गरेको आन्दोलनमा दश हजार हाराहारीको मानिस पैसा, रक्सी, मासुभात दिई सामान्य नागरिकलाई केपी ओलीको कार्यक्रम हो भनि प्रचार गरी कार्यक्रममा उपस्थित गराएको उहाँले बताउनुभयो । आफ्नो भित्रि आत्मादेखी नै मुलुक र राष्ट्रियताको पक्षमा रहेका लाखौं जनता तथा कार्यकर्ता आगामी २३ गते हुने नेकपाको विशाल सभामा उपस्थित गराउने समेत उहाँले उद्घोष गर्नुभयो ।


प्रकाशित | १६ माघ २०७७, शुक्रबार २१:२९