यी हुन् ओमिक्रोन संक्रमितमा देखिन सक्ने २० लक्षण

अध्ययनले ओमिक्रोन संक्रमितहरुमा देखिएका लक्षणहरु संकलन गर्ने क्रममा निम्न २० लक्षण देखा परेका छन्

१. टाउको दुख्ने
२. नाकबाट पानी बग्ने
३. थकाइ
४. हाच्छ्युँ
५. घाँटी खसखस हुने
६. खोकी लाग्ने
७. कर्कश आवाज
८. जाडो लाग्ने वा शरीर काँप्ने
९. ज्वरो
१०. रिंगटा लाग्ने
११. मस्तिस्कमा सामान्य असर। जस्तै केही कुरा भुल्ने, एकाग्र नहुने।
१२. सुँघ्ने क्षमतामा फरक
१३. आँखामा दुखाइ
१४. मांशपेशीमा दुखाइ
१५. छाती दुख्ने
१६. भोक नलाग्ने
१७. स्वाद हराउने
१८. कमजोरी
१९. श्वासप्रस्वासमा समस्या
२०. छालामा डबर तथा दाग देखिने

बच्ने उपाय

यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ। सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ।


प्रकाशित | ६ माघ २०७८, बिहीबार १४:३९