भक्तपुर : सूर्यविनायक नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका उमेदवार निसान ढुगेलले अग्रता लिनु भएको छ । मेयरमा ढुंगेलले ७२९ प्राप्त गर्दै अग्रता लिनु भएको हो ।
एमालेको तर्फबाट बासुदेव थापाले ६०८ र राप्रपाका राधिका रानाभाटले २५१ मत प्राप्त गर्नु भएको छ भने उपमेयरमा एमालेको उम्मेदवार सरिता भट्टराईले ७१२ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ । राप्रपाका प्रविण ढुङ्गेलले ३५१ मत र एकीकृत समाजवादीको उम्मेदवार श्याम बस्नेतले ३४८ मत प्राप्त गर्नु भएको छ ।

प्रकाशित | ३१ बैशाख २०७९, शनिबार १९:३८