नेपालका सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण

काठमाडौं : नेपालका दुई हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण भएको छ । आजका पत्रिकामा समाचार छ, ‘आइतबार दिनभरजसो सरकारी वेबसाइटहरु खुल्न सकेनन् । एकसाथ सर्भर डाउन हुँदा वैदेशिक रोजगार, राहदानी, राजश्व, मालपोत लगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुपर्यो। एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइनलाई प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो ।’

चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले पत्ता लगाएको छ । त्यसोत चार दिनदेखि लगातार सरकारी वेबसाइटमाथि आक्रमण प्रयास भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताउनुभयो ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार ०७:२९