आईपीएल: पन्जाबको प्लेअपमा पुग्ने आशा जिवितै

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दिल्ली क्यापिटल्सलाई किङ्स इलाभेन पन्जाबले पराजित गरेको छ । पञ्जावसँग दिल्ली ५ विकेटले पराजित भएको हो । दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो । यो जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ ।जितसंगै पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । जितसँगै पञ्जावको प्लेअपमा पुग्ने सम्भावना जिवितै रहेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ । दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले १० खेलमा १४ अंकसहित शीर्ष स्थानमै छ ।

गएराति सम्पन्न खेलमा पन्जाबका लागि निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्स्वेल ३२ रनमा आउट हुँदा दिपक होडाले अविजित १५ रन बनाए । यस्तै क्रिस गेलले २९ रन जोड्दा कप्तान केएल राहुलले १५ रन बनाए । जेम्स निशम १० रनमा अविजित रहे ।

दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १-१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले । धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् ।

धवनले आईपीएल इतिहासमा लगातार दुई शतक बनाउने खेलाडीको कीर्तिमान समेत बनाए । धवनले यसै खेलबाट आईपीएलमा ५ हजार रन समेत पुरा गरेका छन् ।

यस्तै कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४र१४ रन बनाए । शिम्रन हिटमायर १० रनमा आउट भए । पन्जाबका मोहमद शामीले २ विकेट लिए ।


प्रकाशित | ५ कार्तिक २०७७, बुधबार १०:२९