कोभिड प्रभावित नेपालीलाई एनआरएनए अमेरिकाले ५० हजार डलर सहयोग गर्ने

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकारले नेपालमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ लाई मध्नयजर गर्दै कोभिड प्रभावित नेपालीलाई ५० हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनए अमेरिकाको आकस्मीक बैठकले तत्कालका लागि २५ हजार डलर सहयोग गर्ने र आगामी दिनमा आवश्यकता हेरेर सहयोग रकम ५० हजार डलर सम्म पुऱ्याउने निर्णय गरेको अध्यक्ष सुनील साहले जानकारी गराउनुभयो ।

एनआरएनए अमेरिकाले यसअघि पनि आइसिसीमार्फत १२ लाख रुपैयाँ नेपालका कोभिड प्रभावितलाई सहयोग गरेको थियो ।

अध्यक्ष साहका अनुसार कोभिड प्रभावितको सहयोगलाई अझ व्यापकता दिन गो फन्ड मि अकाउण्ट पनि खोल्नुका साथै अन्य सहयोगका लागि संस्थागत रुपमा पनि आवश्यक निकायहरुमा पहल गर्ने निर्णय गरिएको छ ।

सहयोग रकममध्ये १५ हजार डलर जनकपुरमा आइसोलेन्सन सेन्टर बनाइनेछ भने अन्य रकम विभिन्न क्षेत्रका कोभिड प्रभावीतलाई सहयोग गरिनेछ । एनआरएनए अमेरिकाले यसअघि पनि आइसिसीमार्फत १२ लाख रुपैयाँ नेपालका कोभिड प्रभावीतलाई सहयोग गरेको थियो ।

अध्यक्ष साहले कोरोनाको कहरले मातृभुमी नेपाललाई पिडा दिइरहेको र दिन प्रति दिन कोरोना प्रभावितहरुको संख्या बढिरहेको खवरले चिन्तीत तुल्याएको बताउनुभयो । विश्वका शक्तिशाली देशहरु कोरोनाको कहरवाट तंग्रिन लागिरहदा मातृभुमी नेपाल त्यसका चपेटामा परेको खबरले गैर आवासीय नेपालीको मन रोइरहेको उहाँले बताउनुभयो ।

‘नेपालमा उपचारको अभावमा धेरैले ज्यान गुमाउनु परिरहेको छ । भ्याक्सिन कुरेर मातृभुमीमा हाम्रा आमा बुवा,दाजु भाई तथा दिदी बहिनीहरु बसिरहनुभएको छ । अक्सिजनको अभाव देखि न्यूनतम स्वास्थ्य उपचारको लागि पनि निकै कष्ट व्यवहोर्नुपर्ने अवस्थाका मातृभुमीका समाचारहरु हामीले कर्मभुमीवाट पढ्नु र सुन्नुपरेको छ , यस्तो पिडादायी अवस्थामा तपाई हामी सबैले मानवीय संकटवाट मातृभुमी नेपाललाई पार लगाउन सहयोगको निम्ति हातेमालो गर्न जरुरी छ’, अध्यक्ष साहले भन्नुभएको छ ।

एनआरएनए अमेरिका लगायत अमेरिकामा सक्रिय छ वटा सामाजिक संस्थाहरुले अमेरिकाको स्टेट सरकारलाई एक बिशेष ज्ञापन पत्र पठाएर नेपालको बढ्दो कोरोना महामारीमा सहयोग गर्न समेत अनुरोध गरेका छन्।

त्यस्तै, एनआरएनए अमेरिका लगायत अमेरिकामा सक्रिय छ वटा सामाजिक संस्थाहरुले अमेरिकाको स्टेट सरकारलाई एक बिशेष ज्ञापन पत्र पठाएर नेपालको बढ्दो कोरोना महामारीमा सहयोग गर्न अनुरोध गरेका छन्।

उनीहरुले अमेरिकाका स्टेट सेक्रेटरी एन्थोनी जे बिङ्केन, सिनेटको विदेश मामलाका अध्यक्ष बब मेनेन्डेज, समिति सदस्य जेम्स इ रिस्च, विदेश मामला अन्तर्गतको साउथ एसिया सबकमिटिका अध्यक्ष क्रिस मर्फी र सोहि कमिटिका सदस्य टड योङ्गलाई उक्त पत्र पठाएका हुन्।

पत्रमा अमेरिकामा बस्ने झन्डै साढे तीन लाख नेपालीका परिवार र नजिकका आफन्तहरु नेपालमा कोरोनाको महामारीले आक्रान्त भएको उल्लेख गर्दै अमेरिकी सरकारबाट औषधि, उपकरणका साथै आर्थिक र मानवीय सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ ।

पत्रमा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह, एशोसियसन अफ नेप्लिज इन द अमेरिका (एएनए) का अध्यक्ष विजय राज भट्टराई, इन्गेज नेपालका कार्यकारी डाइरेक्टर तथा नेपालका लागि अमेरिकाका पुर्व राजदुत स्कट डेलेसी, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष भुपेश खड्का, नेपाली महिलाहरुको विश्व नेटवर्ककी अध्यक्ष अभिमा उप्रेती र नेपाल राईजिङ्गकी अध्यक्ष आरती मलेखुले हस्ताक्षर गर्नुभएको छ ।


GoFundMe Link:
https://gofund.me/7b9b08a3


प्रकाशित | २४ बैशाख २०७८, शुक्रबार २०:०७