५ देखि ११ वर्ष उमेरका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

काठमाडौं– सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो ।

उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय सरकारले गरेको छ। सरकारले १२ देखि १८ वर्ष उमेर समूहलाई पनि खोप लगाइरहेको छ।

५ देखि ११ वर्ष सम्मका बालबालिका खोप लगाउन सरकारले ८४ लाख डोज खोप खरिदका लागि प्रक्रिया अघि बढाइसकेको छ।


प्रकाशित | १ माघ २०७८, शनिबार १०:५९