नेपालको विद्युत उत्पादन १८ प्रतिशतले घट्यो

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालको उत्पादन १८ प्रतिशतले घटेको छ ।उत्पादन घटेसँगै आयत भने तीव्र रुपले बढेको छ। एक महिनाको अवधिमा नेपालको आन्तरिक उत्पादन १८ प्रतिशतले घटेको पाइएको छ । पुस १ गते नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ८७ लाख १८ हजार युनिट विद्युत आपूर्ति हुँदा प्राधिकरणका सहायक कम्पनीबाट ५४ लाख २७ हजार युनिट, निजी क्षेत्रका आयोजनाबाट ९७ लाख ५७ हजार युनिट गरि २ करोड ९० लाख ८६ हजार युनिट विद्युत आपूर्ति भएको थियो ।

पुस २८ गतेको तथ्याङ्कमा भने विद्युत प्राधिकरणका आयोजनाबाट ८२ लाख २५ हजार युनिट, सहायक कम्पनीबाट ३९ लाख ६३ हजार युनिट, निजी क्षेत्रबाट ८५ लाख ४० हजार युनिट गरि २ करोड ३९ लाख २ हजार युनिट विद्युत मात्रै आपूर्ति भएको छ । जुन १ गतेको तुलनामा २८ गते उत्पादन भएको स्वदेशी विद्युत १८ प्रतिशत अर्थात ५१ लाख ८४ हजार युनिट कम हो । योसँगै नेपालले भारतबाट आयात गर्ने विद्युतको परिमाण एक महिनाको अन्तरमै १८७ प्रतिशतले बढेको छ । वर्षा याममा आन्तरिक उत्पादित विद्युत खेर फालेको नेपालले हिउँदमा भारतबाट आयात हुने विद्युतको परिमाण भने घटाउन सकेको छैन । पुस १ गते २९ लाख ८५ हजार युनिट विद्युत ऊर्जा भारतबाट आयात गरेको नेपालले पुस २८ गते भने ८५ लाख ४० हजार युनिट विद्युत आयात गरेको छ ।

जुन १ गतेको तुलनामा १८७ प्रतिशत बढी हो । हिउँद लागेपछि आयात भएको यो परिमाण नै यो सिजनकै सर्वाधिक आयात पनि हो ।भारतबाट आयात गरिएको विद्युत भने १ गते आयात भएको २९ लाख ८५ हजार युनिटको तुलनामा ५५ लाख ५५ हजार युनिट बढी हो । १ गतेको उच्चतमा विद्युत माग १५३० मेगावाट रहेकोमा २८ गते १५८८ मेगावाट रहेको छ । जुन ५८ मेगावाट मात्रै बढी हो ।

मध्य पुसमा विद्युत माग बढेर १ दिन १७०० मेगावाट पुगेपनि बाँकी समयमा १६०० मेगावाटकै वरिपरि रहेको थियो । १७०० मेगावाट माग हुँदा उपत्यकाको वितरण प्रणालीले थेग्न नसकेपछि २र३ दिन सम्म आपूर्तिमै अवरोध आएको थियो । त्यतिबेला खपत भएको विद्युतको परिमाण पनि करिब ३ करोड युनिट पुगेको थियो । त्यो बाहेक पुसको सुरुवाती समय र अन्त्यतिर पनि विद्युत मागमा तुलनातमक फरक देखिएको छैन । तर आन्तरिक उत्पादन ह्वात्तै घटेपछि आयात हुने विद्युतको परिमाण पनि ह्वात्तै बढेको छ ।

 


प्रकाशित | ३० पुष २०७८, शुक्रबार १४:४३