आँखा पाक्ने रोगको सक्रमण बढेपछि सूर्यविनायक नगरभित्रका विद्यालय बन्द गर्ने निर्णय

भक्तपुर: सूर्यविनायक नगरपालिकाले आँखा पाक्ने रोगको सक्रमण बढेपछि नगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले बिहीबारदेखि शनिबारसम्म सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका अनुसार सो बिदालाई मिलान गर्न आगामी हिउँदे बिदा कट्टा गरिनेछ ।


प्रकाशित | ३१ श्रावण २०८०, बुधबार १८:२६