मदरल्याण्ड स्कुलका विद्यार्थीले लगाए कोभिड-१९ विरुद्धको मोर्डना खोप

भक्तपुर – मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २४६ जना विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको ःमोर्डना खोप लगाइएको छ । विद्यालयमा नै खोप केन्द्र राखी विद्यार्थीलाई खोप लगाइएको हो ।

नंखेल स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त खोप कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १०२ जना छात्रा र १४४ जना छात्रहरुलाई स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र फैंजूको नेतृत्वमा मोर्डना खोपको पहिलो मात्र लगाइएको हो ।

सुर्यविनायक-९ नंखेलमा रहेको मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्काले सम्पन्न भएको खोप कार्यक्रमको समन्वयका लागि नंखेल स्वास्थ्य चौकीलाई धन्यवाद दिनु भयो ।

देशभरका बालबालिकाहरुको लागि सरकारले सहजै खोपको सुनिश्चित गर्नु पर्ने एवं कोभिडको कारण विद्यालय बन्द हुँदा बालबालिकाहरुको भविष्यमा नकारात्मक असर पर्नुका साथै देशको नै शिक्षाको स्तर खस्कने भएकाले यस तर्फ सरकार र सम्बन्धित सरोकारवालाहरुले ध्यान दिई पठनपाठनको कार्यक्रम संचालन गर्नु पर्ने खडकाले बताउनु भयो ।

 

No description available.No description available.

No description available.

No description available.


प्रकाशित | २८ पुष २०७८, बुधबार १९:४९