गाउँ काकाकुल तर, सांसद विकास कोषको ४० लाख अतिथिगृह निर्माणमा

सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन्, स्थानीयवासी । खोल्सीसम्म धाउन नसक्नेहरु प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजार चलाउँछन् । तर, काकाकुल हरिहरपुरगढीलाई प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नं २ का सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४० लाख बजेट त्यही गाउँमा अतिथिगृह निर्माणमा खन्याएका छन् ।

खानेपानी आयोजना उनको प्राथमिकतामै परेन । त्यही अतिथिगृह निर्माणमा पनि प्रतिगाग्री सय रुपैयाँ दरले किनेको पानी प्रयोग भइरहेको छ । स्कुले विद्यार्थीले बिदाका दिन बोेकेको पानी किनेर ठेकेदारले भवन बनाइरहेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार ११:०२