सरकारले घटायो कोरोना परीक्षण शुल्क, अब १ हजारमै परीक्षण गर्न सकिने

काठमाडौँ । सरकारले कोरोना भाइरस पहिचान गर्नको लागि एन्टिजेन किटमार्फत परीक्षण गर्न अनुमति दिएको छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने पनि बताउनुभयो ।

यस्तै प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने जानकारी गराउनुभयो ।

यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको रिपोर्ट उपत्यकाको हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बाहिर सम्बन्धित स्वास्थ्य कार्यालयलाई पनि जानकारी गराउनुर्नेछ ।


प्रकाशित | २७ आश्विन २०७७, मंगलवार २०:००