क्यानडामा कोरोना विरुद्ध खोप नलगाए कर तिर्नुपर्ने

क्युबेक – क्यानडाको क्युबेक प्रान्तमा कोभिड १९ विरुद्ध खोप नलगाउने व्यक्तिलाई सरकारले स्वास्थ्यसम्बन्धी नयाँ कर लगाउने भएको छ ।कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान ल्याउन लागिएको हो ।

खोप नलगाउने १० प्रतिशत व्यक्तिका कारण त्यहाँका ९० प्रतिशत व्यक्तिको स्वास्थ्यमा असर गरेको छ । खोपको पहुँच हुँदा हुँदै पनि कतिपय व्यक्तिले लगाउन अस्वीकार गर्दै आएका छन् ।

 

 


प्रकाशित | २८ पुष २०७८, बुधबार १२:०९