क्यासमिरो बने ब्राजिलको नयाँ कप्तान

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कासेमिरो ब्राजिलको नयाँ कप्तान बनेका छन् ।

नियमित कप्तान तथा डिफेन्डर थियागो सिल्भाको अनुपस्थितिमा अन्तरिम प्रशिक्षक रामोन मेनेजेसले आगामी मैत्रीपूर्ण खेलका लागि क्यासमिरोलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो ।

ब्राजिलले आइतबार बिहान फिफा विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको मोरक्कोसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ ।

यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिड छाड्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका ३१ वर्षीय क्यासमिरोले उच्च प्रदर्शन गरिरहेका छन्।


प्रकाशित | ११ चैत्र २०७९, शनिबार १०:५६