एनआरएनएमा बिचौलियाहरुलाई प्रयोग गरेर संस्था कब्जा गरौंला भन्ने दिवासपना कसैले नदेखे हुन्छ : आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका यूरोप संयोजक तथा सचिव पदका उम्मेदवार नारायण आचार्यले कुल आचार्य टिमबाट कुनै पनि सम्झौता र सहमति नभएको बताउनु भएको छ । आज ७ बुँदे सहमति बाहिरिएसँगै आचार्यले सामाजीक सञ्जालमार्फत कुल टिमबाट कुनै सम्झौता र सहमति नभएको बताउनु भएको हो ।

कसैले हस्ताक्षर गरेको भए त्यो कुल टिमको नभई ब्यक्तीगत भएको र त्यसको कुनै अर्थ नरहेको पनि उहाँले बताउनु भयो ।

आचार्यले भन्नु भएको छ, ‘फेसबुकमा भ्रामक सन्देश सम्प्रेषण गरेर आम जनमानसलाई कन्फ्यूज बनाउने प्रयास गर्नेहरु आफै नाङ्गेझार हुनेछन्। एनआरएनएलाई बिधि, विधान र पद्धतिमा नभई बिचौलियाहरुलाई प्रयोग गरेर कब्जा गरौंला भन्ने दिवासपना कसैले पनि नदेखे हुन्छ।’

‘नयाँ जनादेश प्राप्त एनसिसीहरुलाई नजर अन्दाज गर्नेहरु आफैले खनेको खाल्डोमा पुरिने निश्चित छ’, सामाजीक सञ्जालमा आचार्यले लेख्नु भएको छ, ‘एनआरएनएभित्रको फोहोरलाई सफा गर्ने अवसर हो यो । यो सबै एनआरएनएका सुभचिन्तकहरुलाई भ्रममा नपर्न अपील गर्दछु। साथै कुल आचार्य टिमबाट कुनै पनि सम्झौता र सहमति नभएको जानकारी गराउन चाहान्छु ।’


प्रकाशित | २६ पुष २०७८, सोमबार २१:३१