एमालेको जिल्ला अधिवेशनका कारण प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । एमालेको जिल्ला अधिवेशनका कारण प्रतिनिधिसभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । संघीय संसदको महासचिव डा भरतराज गौतमले सूचना जारी गर्दै पुस २८ गते बुधबार बस्ने भनिएको प्रतिनिसभाको बैठक स्थगित भएको जानकारी दिनुभयो । विज्ञप्तिमा प्रतिनिधिसभाको अर्को बैठक माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिइएको छ ।

अहिले एमालेको जिल्ला अधिवेशन चलिरहेको छ । केही जिल्लाम सर्वसम्मत नेतृत्व चयन भए पनि अधिकांश जिल्लाहरूमा भने निर्वाचन हुन लागेको छ । एमालेका सांसदहरू जिल्ला अधिवेशनमा सहभागी भइरहेका छन् । एमालेकै आग्रहमा बैठक २८ गतेलाई सारिएको थियो ।


प्रकाशित | २६ पुष २०७८, सोमबार १६:३१