दोलखा: बागमती प्रदेश सरकारबाट आगामी आर्थिक वर्षमा दोलखामा करिब डेढ सय योजना परेका छन । शुक्रबार सार्वजनीक आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा करिब डेड योजना परेका हुन ।
दोलखा प्रदेश सभा क का सांसद तथा कांग्रेसका प्रमुख सचेतक कुन्दन काफ्लेले प्रदेश सरकारले प्राप्त गरेको वर्तमान आर्थिक स्रोतलाई दोलखाबासीको हितमा अधिकतम सदुपयोग कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित हुने प्रतिक्रिया दिनु भएको छ ।
बाग्मती प्रदेश सरकारले विनियोजीत बजेटमा, वर्तमान आर्थिक अवस्थाको वाबजुत दोलखा जिल्लाको लागि बजेट बिनियोजन गर्न अधिकतम प्रयास गरेको सांसद काफ्लेको भनाई छ ।
आफुले गरेका प्रतिबद्धता र दोलखाबासीको आवश्यकता पुर्ण रुपमा पूरा गर्न नसकिएको बताउँदै भन्नु भएको छ, ‘यो सुरुवाती चरण मात्र हो, अधुरा र बाँकी कार्यहरुलाई पूर्णता दिन इमानदारीसाथ लागिरहने नै छु। दोलखाबासीले प्रदान गर्नुभएको जिम्मेवारीलाई इमान्दारीपुर्वक निर्वाह गर्न सदैव प्रयासरत छु । मतको जिम्मेवारी निर्वाहको यो सुरुवाती चरण मात्र हो, अन्त्य हैन ।’
बागमती प्रदेश सरकारबाट दोलखामा परेका योजना यस्ता छन्



प्रकाशित | २ असार २०८०, शनिबार ०८:४५