रात्रीकालिन ब्यवसाय सञ्चालन गर्न दिन ब्यवसायीको माग, नदिए सडक संघर्षमा उत्रने चेतावनी

काठमाडौं – रात्रीकालिन व्यवसायीहरुले ब्यवसाय संचालन गर्न दिन माग गरेका छन् । उनीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी समेत दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजना गर्दै व्यवासायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिए लार्खौ व्यवसायी र मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।

दरबारमार्ग व्यवसायी संघ (किङ्स लाउन्ज) का संयोजक कुमार गुरुङले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न नदिए आफूहरु लाखौंको संख्यामा एकसाथ सडकमा उत्रने चेतावनी दिनु भयो । ‘वार्षिक ५ अर्बसम्म कर बुझाउने हाम्रो व्यवसाय बन्द हुँदा आत्महत्याको अवस्थामा पुगिसक्यौं । हाम्रा लागि सडकमा उत्रनुको विकल्प छैन’, उहाँले भन्नु भयो ।

गृह मन्त्रालय, पर्यटन मन्त्रालय तथा सम्बन्धित निकायमा पुगेर आफुहरुको पीडा सुनाए पनि सुनुवाई नभएको उहाँको गुनासो छ । रात्रिकालिन मनोरन्जन व्यवसायका अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन वाध्य हुने चेतावनी दिनु भयो ।

आफ्ना समस्याहरु सुनाउन मन्त्रालयमा धेरै पुगिसकेको बताउँदै उहाँले आश्वासन आउने कार्यान्वयन नहुने गरेको गुनासो गर्नु भयो । अन्य पेशा व्यवसायलाई जस्तै रात्रिकालिन व्यवसाय पनि स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चानल गर्न पाउनुपर्ने उहाँले बताउनु भयो । ‘एक लाख व्यवसायीहरु र ३ लाख मजदुर एकसाथ सडकमा उत्रनेछौ, समयमै सरकारको चेत खुलोस्’, उहाँले भन्नु भयो ।

त्यस्तै, दोहोरी व्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकिालिन व्यवसाय बन्द हुँदा कामदाहरुले धमाधम आत्महत्या गरिरहेको बताउनु भयो । आफूहरुका लागि अब संघर्षमा उत्रनुको विकल्प नभएको बताउँदै भन्नु भयो, ‘कोरोना पहिलो र दोस्रो भेरियन्टको समयमा २ सय ५० जना भन्दा बढी कामदारले आत्महत्या गरिसके ।’ सरकारले विना अध्ययन नै यो व्यवसायलाई बन्द गराउँदा संचालक मात्र नभएर त्यहाँ कार्यरत श्रमिकहरुको समेत बिजोग उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै व्यवसायी केशर बहादुर बुढाथोकीले पटक–पटक व्यवसाय बन्द गराइदा अवौं नोक्शान भएको बताउँदै अन्य पेशा व्यवसाय भन्दा सबैभन्दा बढी मर्कामा रात्रिकालिन व्यवसाय परेको बताउनु भयो ।


प्रकाशित | १४ माघ २०७८, शुक्रबार १८:३०