आजबाट राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आजदेखि आचारसंहिता लागु गरेको छ । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनलाई लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता जारी गरेको हो ।

निर्वाचन आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ ।

आयोगले हिजो उम्मेदवारको अन्तिम नामवली प्रकाशन गर्दै चुनाव चिन्ह पनि प्रदान गरिसकेको छ । राष्ट्रियसभा निर्वाचनका लागि ९ दलबाट ४३ उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दलले सिट भागबन्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।


प्रकाशित | २६ पुष २०७८, सोमबार ०८:४५