यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा कायम गरेको छ । सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै राष्ट्र बैंकले युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा तोकेको छ ।

त्यस्तै, युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९७ पैसा कायम गरेको छ ।  कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा छ ।

उता  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २६ पैसा र बिक्रीदर १० रुपैयाँ ३१ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित | २६ पुष २०७८, सोमबार ०७:५२