एनआरएन डलर खाताबारे जानकारी दिन कार्यक्रम हुँदै, अर्थमन्त्री, अर्थसचिव र गभर्नरले सम्बोधन गर्ने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको अयाोजनामा नेपाल सरकारले हालै गैर आवासीय नेपाली (एनआरएन) हरुलाई विभिन्न सुविधा सहित डलर खाता खोल्न दिने भनी गरेको निर्णय बारे जानकारी दिन एक उच्चस्तरीय कार्यक्रम हुने भएको छ ।

कार्यक्रमलाई अर्थ मन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी, संघका केन्द्रीय सल्लाहकार कुल आचार्यलेले सम्वोधन गर्ने  एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिनुभ यो ।

सोमबार (१० जनवरी) युके समय १२: १५ बजे शुरु हुने उक्त कार्यक्रममा सहभागी भई आफ्नो जिज्ञासा तथा प्रश्नहरु राख्न एनआरएनए युकेले सबैलाई आग्रह गरेको छ।

एनआरएनए यूकेले आयोजना गरेको कार्यक्रममा एनसीसी अमेरिका, अष्ट्रिया, अस्ट्रेलिया, कतार, क्यानडा, स्पेन, दक्षिण कोरिया तथा दक्षिण अफ्रिका सहआयोजक रहेका छन् ।

सायद ४ जना मानिसहरू तथा 'NRNA CC-UK 'नेपालीको लागी नेपाली' Non Resident Nepali Association UK A एनआरएनहरुका लागि डलर एकाउंट: के के छन् सुविधा? (जानकारीमूलक विशेष वेबिनार) प्रमुख अतिथि: माननीय श्री जनार्दन शर्मा अर्थ मंत्री आमन्त्रित विशिष्ट वक्ताहरु: श्री मधु मरासिनी, सचवि, महा प्रसाद अधिकारी, गभ्नर, श्री कुल आचार्य अर्थ मनत्रालय नेपाल राष्ट्र बैंक सल्लाहकार एन आरएनए (ICC) मिति: सोमबार, १० जनवरी ૨०૨૨ समय: ५:४५ बजे बेलुका (नेपाल समय), युके समय: १२:०० बजे Zoom ID: 840 4402 3520 Passcode: 361710 आयोजक: सह-आयोजकहरु: एनआरएनए एनसीसी: अमेरिका, अष्ट्रेलिया, एनआरएनए एनसीसी युके क्यानडा, स्पेन, अष्ट्रिया,कतार, अफ्रिका,साउथ कोरिया' भन्ने पाठ को तस्बिर हुनसक्छ


प्रकाशित | २५ पुष २०७८, आईतवार २०:१५