भक्तपुरमा एमालेको सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा देउजा र उपाध्यक्षमा थापा

भक्तपुर – नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आठौ जिल्ला अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । बचन देउजाको अध्यक्षमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।

त्यस्तै, उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा चयन हुनु भएको छ भने सचिवमा मोहनबीर श्रेष्ठ, उपसचिवमा मिलन सुवाल र दामोदर दंगाल चयन हुनु भएको छ ।


प्रकाशित | २४ पुष २०७८, शनिबार १८:४४