विश्व पौडीका लागि गौरिका सिंहसहित ४ खेलाडी छनोट

काठमाडौं: दक्षिण कोरियाको ग्वाङजुमा आयोजना हुने १८ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल पौडी संघका अनुसार च्याम्पियनसिपमा २ महिला र २ पुरुष गरि ४ खेलाडीले सहभागीता जनाउनेछन् । च्याम्पियनसिपमा महिलातर्फ गौरिका सिंह र सोफिया शाह तथा पुरुषतर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर शाहले सहभागिता जनाउने एक बिज्ञप्ति जारी गर्दै संघले जनाएको छ ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १८:३३