पसिनाको ट्रेलर रिलिज (भिडियो )

काठमाडौं : यही २७ बैशाखबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘पसिना’को ट्रेलर रिलिज भएको छ । ट्रेलरले यो चलचित्र सँघर्षमा आधारित रहेको जनाएको छ । ट्रेलर आकर्षक साहिल खानले काटेका हुन् । जसमा अभिनेता गौरब पहारी शिक्षकको भूमिकामा रहेको देखिन्छ । यो चलचित्रमा मजदुरहरुको कथा व्यथा समेटिएको यसका निर्देशक आरबी खत्री शरदले जानकारी गराएका छन् ।

नयाँ बर्ष २०७६ को अवसर पारेर केहि दिन अघि मात्र चलचित्रको फर्स्ट लुक सार्बजनिक गरिएको थियो । चलचित्र पसिनामा गौरव पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरि, सुरजनी केसी, शिब शंकर रिजाल, सरोज अर्याल, सरिताराज उपाध्याय, जयनन्द लामासहितको मुख्य भूमिका छ । आर बि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र पसिनामा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य निर्देशन र देव महर्जनको द्वन्द निर्देशन रहेको छ ।

‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको निर्देशक खत्रीको कथन छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए । यो चलचित्रको निर्माता समाजसेबी शान्ता ढकाल हुन् । चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन् ।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार २०:३७