जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु

खोटाङ– खोटाङको जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स–रे सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयले २०६९ सालमा स्थापना गरेको सामुदायिक अस्पतालमा पुरानो प्रविधिको एक्स–रे उपकरण विस्थापित गर्दै डिजिटल एक्स–रे सेवा सुरु गरिएको हो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित १५ लाखमा डिजिटल एक्स–रे जडान गरिएको हो।

अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान, तार खरिद, सपोर्टिङ उपकरण खरिदमा थप पाँच लाख बढी खर्च भएको छ । डिजिटल एक्स–रे मेसिन र सो प्रिन्टिङ मेसिन खरिदसमेतका लागि बजेट माग गर्दा डिजिटल एक्स–रे मेसिन मात्र प्राप्त भएको अस्पतालले जनाएको छ ।


प्रकाशित | २३ पुष २०७८, शुक्रबार १४:२९