नेपालमा ७४२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा ७४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ६,३५१ वटा आरटी पीसीआर परीक्षण गर्दा ७४२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।
हालसम्म १८ लाख ७७ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सात हजार ९७६ जनामा भाइरसको संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ६ पुष २०७७, सोमबार १६:३८