क्यानडाबाट एनआरएनए सहकोषाध्यक्षमा अभिमन्यु बस्नेतको उम्मेदवारी

काठमाडौं : गैर आवासीय नेपाली संघको सहकोषाध्यक्षमा क्यानाडाबाट अभिमन्यु बस्नेतले उम्मेदवारी दर्ता गर्नु भएको छ । बस्नेतले कुवेत निबासी जीबन निरौला ,थाइल्यान्ड निवासी भिमसेन रायमाझीको समर्थन तथा यूएई निबासी निराजन खत्री र क्यानडाका सूर्य भट्टराई प्रस्तावकमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

करिब डेढ दसकदेखि एनआरएनए अभियानमा सक्रिय बस्नेत सन् २०१३ १५ कार्यकालमा एनसीसी क्यानाडाको उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि दुई कार्यकाल आइसीसी सदस्य भएर जिम्मेवारी निर्वाह गर्नु भयो । विश्वभरिका गैर आवासीय नेपालीहरुसँग नजिकको सम्बन्ध राख्नुहुने बस्नेत हाल अमेरिकाज् क्षेत्रीय उपसंयोजक हुनुहुन्छ ।

एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउने अठोटसहित सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बस्नेतले बताउनुभयो । संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागितामूलक आर्थिक योगदानको नीति अवलम्बन गरेर कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने उहाँको एजेन्डा रहेका छन् ।

सामाजीक कार्यमा सक्रिय रहँदै आउनु भएको बस्नेतले साथ, सहयोगको लागि सबैमा आग्रह समेत गर्नु भएको छ ।


प्रकाशित | ३० आश्विन २०८०, मंगलवार ००:१०