ढुक्क भएर नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह (भिडियोसहित )

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा लगानीको लागि अनुकुल वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । अर्थ मन्त्रालय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको एनआरएन डेभलपमेन्ट फण्डको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले नेपालमा लगानीको वातावरण भएको भन्दै पूँजीसँगै  विदेशको सीप र प्रविधि भित्राउन जोड दिनु भएको हो ।

बैकिङ च्यानल र राष्ट्रिय प्राथमिकतालाई महत्व दिने खालका लगानीलाई स्वीकार्न सकिएतापनि कालो धनलाई भने स्वीकार्न नसकिने

कम्पनीले पुँजी संगठित भएर आएपछि राम्रा आयोजना छनोट गरी नाफाको सुनिश्चितता गर्दै राष्ट्रलाई पनि फाइदा पुग्नुपर्ने उहाँले बताउनुभयो ।
बैकिङ च्यानल र राष्ट्रिय प्राथमिकतालाई महत्व दिने खालका लगानीलाई स्वीकार्न सकिएतापनि कालो धनलाई भने स्वीकार्न नसकिने उहाँले स्पष्ट पार्नु भयो । लगानीसंगै हरेक देशमा लगानी दुतको रुपमा काम गर्न पनि उहाँले आग्रह गर्नु भयो ।

सो फण्डले १० अर्ब रुपैयाँको कोष बनाएर विभिन्न क्षेत्रमा लगानी गर्ने र त्यसमा सरकारको ५० करोड रुपैयाँ लगानी रहेनछ । पूरा भिडियो हेर्नुहोस ;-


प्रकाशित | ६ बैशाख २०७८, सोमबार २२:४४