काठमाण्डौ महानगरपालिका-२ मा एमालेको प्यानल नै विजयी

काठमाण्डौ : काठमाण्डौ महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ १ हजार ३ सय ७७ मतसहित विजयी हुनुभयो । श्रेष्ठले नेपाली कांग्रेसका सूर्यलाल महर्जनलाई पराजित गर्नुभएको हो ।

महिला सदस्यमा पूर्णलक्ष्मी रजत १ हजार २ सय ५५ मतसहित विजयी हुनुभयो । दलित महिला सदस्यमा ईश्वरी परियार १ हजार ३ सय १७ मतसहित विजयी हुनुभयो ।

यस्तै दुई जना सदस्यमा पदमकाजी महर्जन १ हजार १ सय ७४ र विमला गुरुङ १ हजार १ सय ६२ मतसहित विजयी हुनुभयो ।


प्रकाशित | २ जेष्ठ २०७९, सोमबार १४:०२