न्यूर्योक – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले विभिन्न विभाग र टाक्सफोर्सहरुलाई पूर्णता दिने क्रम जारी राखेको छ । एनसिसी अमेरिकाले विधानको धारा ३६ उपधारा २ बमोजिम विभाग र टाक्सफोर्सहरुलाई पूर्णता दिने क्रम जारी राखेको हो ।
महासचिव अन्जन कुमार चौलागाईले बुधवार एक विज्ञप्ति जारी गर्दै सचिवालयमा प्राप्त नाम मध्येबाट विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।
चौलागाईद्धारा जारी विज्ञप्तिमा भनीएको छ, ‘विभिन्न विभाग र टास्कफोर्समा मनोनीत हुनु भएका संयोजक, सह-संयोजक साथै सदस्य ज्यूहरूले संस्थाको उद्देश्य अनुरूप काम गर्दै आफ्नो जिम्मेवारी वहन गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ ।’
एनआरएनए अमेरिकाले संदेश उप्रेतीको संयोजकत्वमा युवा विभाग, मिलन जङ्ग कटवालको संयोजकत्वमा विद्यार्थी विभाग, डा.प्रकाश श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य विभाग र डा. माधब पाण्डेको संयोजकत्वमा विज्ञान तथा प्रविधि विभाग गठन गरेको छ ।
त्यस्तै, बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तको संयोजकत्वमा ‘वान एनसीसी वान च्यारिटि’ कमिटी, उपाध्यक्ष गोपेन्द्र भट्टराईको संयोजकत्वमा फाउन्डेसन कमिटी, विष्णु रेग्मीको सयोजकत्वमा इनभाइरोमेन्ट कमिटी, राज ढुङ्गानाको संयोजकत्वमा हेल्प डेस्क कमिटी, विश्व राज बास्तोलाको संयोजकत्वमा ब्लड डोनेसन कमिटी र दुर्गेश जङ्ग कार्कीको संयोजकत्वमा नेपाली प्रोडक्ट प्रमोसन कमिटी गठन गरेको छ ।
त्यस्तैगरि, सेक्रेटरियट कमिटीमा अग्नि चौलागाई र आइटी कमिटीमा भने विश्वास लम्साल सदस्य रहने गरि एक सदस्यीय कमिटि गठन गरिएको छ ।
एनआरएनए अमेरिकाद्वारा गठित कमिटी र विभागहरु
वान एनसीसी वान च्यारिटि कमिटी
संयोजक: कृष्ण जीवी पन्त
एनआरएनए फाउन्डेसन कमिटी
संयोजक: गोपेन्द्र राज भट्टराई
सह संयोजक: मुकेश झा
सदस्य : लक्ष्मण दरलामी
सदस्य: सन्तोष काजी थापा
सदस्य: रिता देवी प्रधान
युवा विभाग
संयोजक: संदेश उप्रेती
सह संयोजक: कृदिस उप्रेती
सह संयोजक: आभा घिमिरे
इनभाइरोमेन्ट कमिटी
संयोजक: विष्णु रेग्मी
सह संयोजक: साम्बा प्रसाद लामिछाने
सेक्रेटरियट कमिटी
सदस्य: अग्नि चौलागाई
आइटी कमिटी
सदस्य: विश्वास लम्साल
हेल्प डेस्क कमिटी
संयोजक: राज ढुङ्गाना
सह: संयोजक कुमार जङ्ग कार्की
ब्लड डोनेसन कमिटी
संयोजक विश्व राज बास्तोला
नेपाली प्रोडक्ट प्रमोसन कमिटी
संयोजक: दुर्गेश जङ्ग कार्की
विज्ञान तथा प्रविधि विभाग
संयोजक: डा.माधब पाण्डे
सह-संयोजक: डा.बेनी. बि. डाङ्गी
सह-संयोजक: डा. आमोद कोइराला
सह-संयोजक: डा. संजय श्रेष्ठ
सदस्य:श्याम अधिकारी
सदस्य: डा. राजेन्द्र दाहाल
सदस्य: डा. लेखनाथ अधिकारी
सदस्य: डा. मानस्वी संगौला
सदस्य: रोजी कर्ना
सदस्य: डा.कृपा श्रेष्ठ
सदस्य: डा.ईशान गुरुङ
सदस्य: विपना थपलिया
स्वास्थ्य विभाग
संयोजक: डा.प्रकाश श्रेष्ठ
विद्यार्थी विभाग
संयोजक: मिलन जङ्ग कटवाल
उप संयोजक: प्रबिन खड्का
उप संयोजक: सुमना दवाडी
प्रकाशित | २२ पुष २०७८, बिहीबार ११:०५