एनआरएनए संरक्षक रामप्रताप थापाको सराहनीय कार्य: ज्यालादारी मजदूरी गर्ने ५८ घरपरिवारलाई सहयोग

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) संरक्षक रामप्रताप थापाले धादिङ जिल्लाको थाक्रे गाउँपालीका ३ वडा भूमिचुली डाडा गाउँका ज्यालादारी मजदूरी गर्ने ५८ घरपरिवारलाई राहत सहयोग गर्नुभएको छ । कोरोना भाइरसको महामारीको कारण नेपाल सरकारले डकडाउन गरेसँगै समस्यामा परेका पीडीत दैनीक ज्यालादारी गरेर काम गर्ने मजदूरलाई राहतस्वस्प सहयोग गर्नुभएको हो ।

Image may contain: 1 person, sitting, outdoor and nature

थापाको सहयोगसँगै अन्य विभिन्न ब्यक्तीको सहयोगलाई एकमुष्ट गर्दै थाक्रे ३ वडा कार्यालय र भूमीचुली समाजको तर्फबाट सहयोग हस्तान्तरण गरिएको हो । जसअन्र्तगत प्रति घरपरिवार एक बोरा चाहाल, दुई केजी दाल, एक लिटर तेल, एक पोका नुन, हात धुने साबुनलगायत सामान वितरण गरिएको हो ।

Image may contain: 1 person, standing, mountain, outdoor and nature

स्थानीय युवाहरु लामा मेयर मान, राज लामा, विजय लामा र निरञ्जन तामाङ (किङ ) लगायतको सक्रियतामा वितरण सँगै कोरोना भाइरससम्बन्धी सचेतना फैलाउने कार्य समेत गराइएको थियो ।

Image may contain: 4 people, people sitting, tree, outdoor and nature

हरेक एक घन्टामा हात धुनुहोला । घरभित्रै बस्नुहोला भन्ने सन्देशसहित राहत वितरण गरिएको विजय लामाले बताउनुभयो । आगामी दिनमा थप राहत समेत वितरण गरिने लामाले बताउनुभयो ।

Image may contain: 4 people, people standing, people sitting, child, outdoor and nature

लामाका अनुसार सोही अवसरमा एनआरएन र भूमीचुली युवा समाजले ५८ घर र वडा नं. ३ वडाध्यक्ष अमित कुमार घलेको तर्फबाट ४२ घरलाई समेत राहत वितरण गरिएको थियो

Image may contain: 1 person, sitting, mountain, beard, outdoor and nature

Image may contain: 1 person, sitting, child and outdoor


प्रकाशित | १८ चैत्र २०७६, मंगलवार १५:२५