एमाले दोलखाको सचिवमा होम पाठकको उम्मेदवारी, सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता

चरिकोट – नेकपा एमालेका नेता होम पाठकले जिल्ला कमिटि दोलखाको सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एमाले दोलखाको १० औं जिल्ला अधिवेशनमा पाठकले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । अधिवेशन यही पुस २३ र २४ गते चरिकोटमा हुँदैछ ।

विभिन्न संघसंस्थादेखि पार्टीमा समेत सक्रिय भूमीका निर्वाह गर्दै आउनु भएको पाठक जिल्लामा सबैको लोकिप्रय हुनुहुन्छ । पाठकले सबैको सल्लाह र सुझाव अनुसार जिल्ला सचिवमा उम्मेदवारी घोषणा गरेको बताउनु भयो ।

दोलखाको एमाले पाटीलाई थप संगठित, सशक्त बनाउँदै नयाँ उचाईमा पुर्याउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरिएको उहाँले बताउनु भयो । एमाले पाटीका नेता तथा कार्यकर्तालाई हरेक क्षेत्रमा अब्बल बनाउने योजना पनि उहाँले अगाडि सार्नु भएको छ ।

पाटीलाई जिल्लाकै सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्ने पाटीको विकास, विस्तार र जनताको समृद्धिका लागि सचिवको सक्षम उम्मेदवार रहेको उहाँले बताउनु भयो ।

विद्यार्थी राजनीतिबाट सक्रिय भूमिका निवार्ह गर्दै जिल्ला कमिटिमा रहनु भएका पाठक एमाले दोलखाको अग्रभागका नेतृत्वको रुपमा परिचित हुनुहुन्छ भने सबैको साझा उम्मेदवारका रुपमा समेत उहाँले आफूलाई उभ्याउनु भएको छ ।


प्रकाशित | २० पुष २०७८, मंगलवार १०:३०