एनआरएनए अमेरिकामा मेरो २० महिने अनुभव र संस्थाले गरेका १०० भन्दा बढी कार्यहरू

सत्य नारायण चौधरी

एनआरएनए एनसीसी अमेरिकामा मैले २० महिना काम गरें। मेरो अनुभवहरुलाई बुँदागत रुपमा लेखेको छु।

१. संस्थागत रूपान्तरण (Organizational Transformation): एनआरएनए एनसीसी अमेरीकाको २०१९-२०२१ को कार्यकालमा संस्थागत रूपान्तरणको सवालमा धेरै प्रगति भएको मैले अनुभव गरेकोछु। बिगतबाट पाठ सिक्दै संस्थाको प्रशासनिक, आर्थिक, संरचनागत र प्राबिधिक पक्षमा उल्लेखनिय प्रगति भएको सहजै अनुभव गर्न सकिन्छ।

२. प्रशासनिक सुधार (Administrative /Operational Improvement): संस्थालाई पारदर्शी बनाउन संस्थाको मिटिंग माईनुट र महत्वपूर्ण निर्णयहरू प्रेस-बिज्ञप्ति, मास-ईमेल वा फेसबुक लाईभ मार्फत् सर्बसाधारणलाई जानकारी गराउने गरेको; बिगतका पदासिन एनआरएनएका अभियन्तासंग छलफल गरेर भविष्यका नीति तर्जुमा गरेको, पुराना लाईफ मेम्बरलाई ब्यवस्थित गर्दै सम्मान स्वरूप प्रमानपत्र दिएको; रियलटाईम आईडी कार्डको ब्यबस्थागरी सदस्यहरूलाई बिभिन्न बस्तु तथा सेवामा डिस्काउन्टको ब्यबस्था गरेको; भबिष्यमा संस्थामा आईपर्नसक्ने बिभिन्नखाले प्राबधिक दुर्घटनासंग जुध्न संस्थाको लागी लाईबलिटी ईन्सुरेंसको ब्यबस्था गरेको; कानुनी फर्मको सहकार्यमा र रोबस्ट डाटाबेशको ब्यबस्था गरी सदस्यहरूको ब्यक्तिगत डाटा सुरक्षित गरेको; च्याप्टर र बिभिन्न कमिटीहरूको प्रगति प्रतिबेदन नबौं साधारणसभाको दौरान पेश गरेको।

३. आर्थिक ब्यबस्थापन (Financial Management): बित्तिय निर्देशिका अनुसार बिभिन्न खर्चहरू कटौती गरी संस्थालाई मितब्ययी बनाएको; तेस्रो पक्षबाट बिभिन्न सेवाहरू लिंदा गैर नाफामुलक संस्थाले पाउने सुबिधाहरू उपभोग गरेको; आर्थिक पारदर्षिताको लागी मासिक र त्रैमासिक आर्थिक बिबरण नियमित रूपमा सर्बसाधारणलाई पठाउने गरेको; संस्थालाई आर्थिक दीगोपन (Sustainable) बनाउन सदस्यता शुल्क बाहेकका अन्य आर्थिक स्रोतहरू जस्तै एमाजोन स्माईल आदिको ब्यबस्थागरेको; संस्थाको कार्यालय स्थापनार्थ एकलाख २० हजार भन्दा बढी रकमको कमिट्मेन्ट प्राप्त गरिसकेको।

४. संरचनागत परिबर्तन (Structural Change): संस्थाको बिधानमै परिबर्तन गरी बिभागिय संरचनाको ब्यबस्था गरेको; क्षेत्रिय संरचनाको अबधारणा ल्याएको; बिभिन्न बिशिष्ट कमिटीहरू मार्फत् निश्चित कामहरू सम्पन्न गरेको; च्याप्टरहरूलाई ससक्तिकरण गर्नुका साथै बिभिन्न राज्यहरूमा फोकल पर्सनको ब्यबस्था मार्फत् संस्थाको संरचना बिकास गरेको; दुईहजार भन्दा बढी लाईफ मेम्बर सहित १३५% ले सदस्य संख्या बिस्तार गरेको; क्षेत्रिय मिटिंगहरू सम्पन्न गरेको; बिभिन्न च्याप्टरहरूलाई सम्बन्धित राज्यमा दर्ता प्रकृया शुरूवात र केही राज्यमा सम्पन्न समेत गरेको।

५. प्राबिधिक पुर्बाधार सुधार (Technological Improvement) : बलियो, सुरक्षित, सक्षम र आधुनिक प्राबिधिक पुर्वाधारको ब्यबस्था गरेको जसको फलस्वरूप यस पटक मेम्बरसीप ड्राईभको दौरान सर्भर डाउन नभएको; सदस्यहरूको ब्यक्तिगत डाटामा पहुचहुने पदाधीकारीहरूले डाटा चुहाबट नगर्ने कानुनी डिस्क्लोजर फर्ममा सही गराएको र एनआरएनए आईसीसीको केन्द्रिकृत सूचना प्रणाली (MIS) मा हाम्रा सदस्यहरूको डाटा ट्रान्फर गर्दा स्थानीय र संघिय सरकारको कानून बमोजिम भए-नभएको हेर्नको लागी कानूनी फार्मलाई सम्बन्धन गरेको; यो २०१९-२०२१ कार्यकालमा डाटा चुहवट सम्बन्धी कुनै पनि नराम्रो खबर सुन्नमा नआएको।

६. अनलाईन साधारणसभा (Online AGM): अनलाईन साधारणसभा मार्फत् बिधानमा समयानुकुल परिबर्तन, आर्थिक र सॅागठनिक प्रतिबेदन पारित गरेको।

७. नलेज सेयरिंग कन्फरेंस (Knowledge Sharing Conference): लगभग १०० भन्दा बढी बिषयगत बिशेषज्ञहरूको सहभागितामा कलेज सेयरिंग कन्फरेंस सम्पन्न गरेको र यसबाट निस्केका निष्कर्षहरूलाई कार्यन्वयन गर्न प्रयासरत रहेको।

८. सार्बजनिक सम्बन्ध (Public Relation): संस्थाको आधिकारिक सूचनाहरू ईमेल, प्रेस रिलिज, फेसबुक लाईभ मार्फत प्रसारित भईरहेको; मिडिया कोअर्डिनेटरको सहयोगमा बिभिन्न समयमा बिभिन्न पदाधीकारीहरूबाट संस्थाको आधिकारिक सूचनाहरू सर्बसाधारणमा प्रवाह भईरहेको; संस्थाको गतिबिधि समाबेश भएको सैयौं पेजको ४ अंकमा न्यूजलेटर प्रकाशित भईसकेको (संस्थाको प्रगति बिबरणहरूको बारेमा जानकारी लिन उक्त न्यूजलेटर अवस्य पढ्नुहोला)।

९. सर्बसाधारण प्रति लक्षित कार्यक्रमहरू (Public Oriented Programs): सेन्सस २०२० को दौरान बिभिन्न राज्यहरूमा स्वयंसेवकहरू परिचालन गरेको; कानुनी, कोभिडसंग सम्बन्धित, सदस्यता रजिष्ट्रेसनसंग सम्बन्धित, डोमेस्टिक भायलेन्स तथा ईमिग्रेसनसंग सम्बन्धीत बिषयहरूमा ईन्फोरमेसन हेल्पडेस्क संचालन गरेको; बालबालिकाहरूकालागी पाठ्यपुस्तक प्रकाशन; ब्यापार प्रबर्धन; नेपाली भाषाको शिक्षा; मेनस्ट्रीम ईन्टिग्रेसन; बैकल्पिक शिक्षा र दक्ष सीप बिकास सम्बन्धी कार्यक्रमहरू; अध्यागमन, कानूनी, ट्याक्स, जागीर, प्यान्डेमिक केयर एक्टबाट प्राप्त सुबिधाहरू, ईन्सुरेन्स आदी बिषयमा बिषयगत बिशेषज्ञहरूसंग सम्बाद र प्रस्तुतिकरण सम्पन्न; स्थानिय संघ-संस्थाहरू र च्याप्टरहरूको सहकार्यमा ब्लड डोनेसन, सॅास्कृतिक कार्यक्रम, नेपाल डे परेड लगायतका सामाजीक कार्यक्रमहरू सम्पन्न।

१०. COVID-19 संग सम्बन्धित कार्यक्रमहरू (COVID -19 related activities): कोभिड-१९ महामारीको अबस्थामा COVID-19 Response team को गठन, बभिन्न स्थानिय संघ-संस्थाहरूको सहकार्यमा स्थानिय तहमा राहत सामग्रीहरू बितरण; महिला तथा बिद्यार्थी रेस्पोन्स टिम मार्फत् सहयोग प्रदान; कोभिड पिडितहरूकोलागी चिकित्सकिय, कानुनी, मनोबैज्ञानिक परामर्ष प्रदान; COVID-19 Response app को बिकास; कोभिडको असर, यसको रोकथाम, यसले पार्ने प्रभाव, भ्याक्सीन आदीको बिषयमा दर्जनौं सूचना मुलक कार्यक्रमहरू फेसबुक लाईभबाट प्रसारित; कोभिडको बखत संघिय र स्थानिय सरकारले दिने सुबिधाका बिषयमा जानकारी प्रदान; कोभिडसंग सम्बन्धित बिषयमा जानकारीमूलक पुस्तहरू प्रकाशन; कोभिडको कारणले प्रत्यक्ष प्रभाबित बिध्यार्थीहरूको लागि लगभग $ ४०,००० (?) बराबरको नगद रकम राहत स्वरूप बितरण।

११. NRNA ICC संगको सहकार्य (Collaboration with ICC): एक अर्काको सहकार्यबाट अमेरीकाबाट आईसीसी नेतृत्वमा ६ जना पदाधिकारी जिताउन सफल; आईसीसी र एनसीसीको बिचमा सौहाद्रपूर्ण सुचना-प्रणालीको बिकास; आईसीसी मार्फत् कोभिड पिडित देशहरूको लागि $10000 रकम प्रदान; पहिलो र दोस्रो ग्लोबल हेल्थ कन्फरेंसको दौरान आईसीसीको हेल्थ कमिटीसंग सहकार्य गरी २०० भन्दा बढी स्वास्थ्यकर्मीको र स्वास्थ्य बिशेषज्ञहरूद्वारा कार्यपत्र र बिभिन्न सूचनाहरू प्रस्तुतिकरण गर्नसफल; आईसीसीको ग्लोबल डिजिटल आईडी कार्ड बनाउन सहकार्य; संयुक्त आर्थिक लगानी कार्यमा सहकार्य; आईसीसीको बिधान परिमार्जनकोलागी सुझाब प्रदान; अमेरीकन साधारण सदस्यहरूको ब्यक्तिगत बिबरण एमआईएस सिस्टममा सुरक्षित हस्तान्तरण गर्ने सबालमा कानुनी र प्राबिधिक बिषयमा सहकार्य!

१२. नेपाल सरकारसंगको सहकार्य (Working with Nepal Government): गैर-आवासीय नागरिकता र दोहरो कर प्रणालीको बिषयमा आईसीसी मार्फत् नेपाल सरकारसंग सम्बाद स्थापित; सीमा अधिग्रहण र राष्ट्रियताको बिषयमा भारतीय राजदुताबासमा बिरोध पत्र हस्तान्तरण; सिमा अधिग्रहण बिषयमा एउटा बिशेषज्ञ कमिटी बनाएर रिपोर्ट तैयार गरेको।

१३. नेपाली राजदुतावास संगको सहकार्य (Working with Nepalese Embassy): नेपालका महामहिम राजदुतहरूसंग बिदाई तथा स्वागत कार्यक्रम गर्नुका साथै संस्था र राजदुताबास बिच प्रगाढ सम्बन्ध स्थापित गर्न सफल; बिध्यार्थीहरूलाई सहयोग र प्रभावकारी सम्बादकोलागी छुट्टै फोनलाईन र ईमेल (student@nepalembassyusa.org) को ब्यबस्था गरेको; भिसा नबिकरण लगायत राजदुताबासबाट पाउने सहयोगकोलागी घना बस्ती भएको सहरमा घुम्तिसेवा प्रदान गर्ने कामको पहल र शुरूआत गरेको; संस्थाकै पहलमा अमेरीकामा रहेका कोभिड पिडितहरूको सहयोगार्थ राजदुतावासले छुट्टै ईमेल (covid19@nepalembassyusa.org) को ब्यबस्था गरेको, कोभिड महामारीको दौरान अमेरीकामै अड्किएर बसेका नेपालीहरूलाई नेपाल फर्काउन सगजीकरण गर्न राजदुताबाससंग सहकार्य गरेको।

१४. नेपाल लक्षित कार्यक्रमहरू (Project related to Nepal): One NCC one Charity Project अन्तर्गत् नवजात शिशु र गर्भवती महिलाकोलागी बर्थ सेन्टरलाई सहयोग गर्ने कामको प्रारम्भ; वालिंग, स्यॅाग्जा र पालॅुगटार, गोर्खालाई स्मार्ट सिटी बनाउने कार्यको शुरूवात; गोर्खाको बाढी पिडित गॅाउको सहयोगार्थ $१७००० भन्दा बढी रकम सहयोग; नेपाल र अमेरीकामा बस्ने बिद्यार्थीहरू बिच Cultural Exchange & Internship Program को शुरूआत।

१५. महिला ससक्तिकरणसंग सम्बन्धित (Women Empowerment): महिला ससक्तिकरणलाई प्रार्थमिकता दिंदै महिला सम्मेलन सम्पन्न; अन्तराष्ट्रिय महिला दिवसमा महिला सम्बन्धी बिभिन्न मुद्दामा छलफल; डोमेस्टीक भायलेन्स लगायतका बिषयमा छलफल र सहयोग; एनआरएनए अभियानमा महिला सहभागितालाई प्रार्थमिकता।

१६. युवा, बिद्यार्थी र नयॅा पुस्तासंग सम्बन्धित (Youth, Student & 2nd Generation): युवा ससक्तिकरणलाई मध्यनजर गरेर युवा सम्मेलन सम्पन्न; बिध्यार्थीहरूलाई छात्रबृति प्रदान; बिभिन्न बिश्वबिद्यालयहरूमा Student Ambassador नियुक्त; अमेरीकाबाट नेपाल खेलाडी पठाउन सहयोग; स्कुलका बिद्यार्थीप्रति लक्षित गर्दै DreamBig कार्यक्रम सम्पन्न; कोभिडका बिषयमा बिश्वबिद्यालयका नेपाली बिद्यार्थीहरूको सहयोगार्थ बिश्वबिध्यालय र होमल्यान्ड सेकुरिटीमा आधिकारिक पत्राचार; कोभिड प्यान्डेमिकको दौरान बिद्यार्थीलाई सहयोग गर्न एप निर्माण गरेको।

१७. अन्तमा, यी सम्पूर्ण कार्यहरू सम्पादन गर्ने कामको नेतृत्व गर्नुहुने आदरणीय एनसीसी अमेरीकाको अध्यक्ष सुनील साह लगायत एनसीसी अमेरीकाका सम्पूर्ण कार्यसमिति र बिभिन्न कमिटीका साथीहरूप्रति सहकार्य गर्न पॅाउदा गर्ब महसुस गर्दछु। यो कार्यकालमा शुरूवात भएको तर पुरा हुन बॅाकी रहेका कैयन कार्यहरू जस्तै Professional Networking App को बिकास, एनआरएनएको कार्यालय स्थापना; घनाबस्ती भएका शहरहरूमा नेपाली कम्यूनिटि सेन्टरहरूको स्थापना लगायत अन्य बिभिन्न कार्यहरूलाई अब आउने नयॅा कार्यसमितिले पुरा गर्ने नै छ साथै सर्बसाधारण प्रति लक्षित गरेर अन्य नयॅा नयॅा कार्यक्रमहरू आउने नै छ भन्ने मैले आशा लिएको छु।संस्थाले यो गरेन, त्यो गरेन भन्दा पनि के चॅाहि गर्नु पर्थ्यो र सो काम वा प्रोजेक्ट गर्न तपाईंको के सहयोग रहन्छ त सो बारेमा पनि कमेन्ट लेखेर हामीलाई जानकारी गराईदिनु भयो भने म आभारी हुने थिंए।

यी कार्यहरू संझनाका आधारमा लेखिएको हो; कुनै काम छुटेको भए थप्दै जानेछु। धन्यबाद।

(चौधरी अहिले एनआरएनए अमेरिकाको बोर्ड अफ डायरेक्टर हुनुहुन्छ।


प्रकाशित | ४ चैत्र २०७७, बुधबार २१:२६