शेयर बजार ६ अंकले बढ्यो: कारोबार ७८ करोड माथि

काठमाडौं: साताको दोस्रो दिन आज शेयर बजार ६.३ अंकले बढेको छ । शेयर ६.३ अंकले बढेर नेप्से परिसूचक १ हजार ३०१ अंकमा पुगेको छ । सोमबार ७८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको २३ लाख ९२ हजार ४०३ कित्ता सेयर किनबेच भएको छ ।

सोमबार शिवमको सबैभन्दा बढी ११ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिवमपछि प्राइम कमर्शियल बैङ्कको सेयर किनबेच भएको छ । प्राइमको प्रतिकित्ता ३७२ मा ६ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार व्यापार वित्त, लघुवित्त र बिमाको सेयर मूल्य घटेको छ भने बैङ्क, जलविद्युत्, उत्पादनमूलक क्षेत्रको बढेको छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १८:३४