एनआरएनए अमेरिका अध्यक्षमा सुनिल साह निर्वाचीत

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचनमा आगामी कार्यकालको लागि सुनिल साह निर्वाचीत हुनुभएको छ । भर्खरै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचन मतगणनाअनुसार कुल ७ हजार ३ सय ५७ मत खसेकोमा सुलील साहले३ हजार ७ सय ११ मत प्राप्त गर्दै विजयी भन्नुभयो ।  त्यस्तै, अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७  मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यासी सञ्जय थापाले १ हजार ५ सय ५४ मत प्राप्त गर्नुभएको छ । यसको आधिकारिक जानकारी भने केहि बेरमा गरिने स्रोतले जानकारी दिएको छ ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ११:१६