नेपाली समाज टेक्ससका अध्यक्ष उम्मेदवार सापकोटाले गरे ५० हजार डलरको कोष स्थापना गर्ने प्रतिबद्धता

टेक्सस– नेपाली समाज टेक्ससका अध्यक्ष उम्मेदवार कमल सापकोटाले निर्वाचीत भएमा कम्तिमा ५० हजार डलरको आकस्मिक कोष स्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । निर्वाचनमा विजयी भएमा पहिलो कार्यसमिति बैठकबाट कोष संचालनको विधि, नीति र दायरा तय गरि संचालनमा ल्याउन एउटा छुट्टै स्वतन्त्र र निश्पक्ष समिति गठन गरिने बताउनु भयो ।

आफ्रना विभिन्न् ८ बुँदे प्रतिबद्धताहरु सार्वजनिक गर्नुहुँदै उहाँले विधार्थीहरुको लागि टेक्ससमा रहेका विश्वविधालयहरुसंग समन्वय गरी छात्रबृत्ति तथा अन्य सुविधाहरुका लागि पहल गर्ने र त्यसका लागि सम्बन्धित बिज्ञहरूको समिति तयार गरि काम अघि बढाउने पनि प्रतिबद्धता जनाउनु भएको छ ।

यस्ता छन् सापकोटाका प्रतिबद्धताहरु:-

1. मेरो नेतृत्वमा चुनिएको NST को पहिलो कार्य समितिको बैठकबाट कम्तिमा ५० हजार डलरको आकस्मिक कोष( Emergency Fund) स्थापना गर्नेछु। कोष संचालनको बिधी, निती र दायरा तय गरि संचालनामा ल्याउन एउटा छुट्टै स्वतन्त्र र निश्पक्ष समिति गठन गरिने छ।

2. विधार्थीहरुको लागि टेक्सासमा रहेका विश्वविधालयहरुसंग समन्वय गरी छात्रबृत्ति तथा अन्य सुविधाहरुका लागि पहल गर्नेछु । त्यसका लागि सम्बन्धित बिज्ञहरूको समिति तयार गरि काम अघि बढाईने छ।

3. बढ्दो नेपाली समुदायलाई अमेरिकी राजनीतिमा जोड्न र अमेरिकी राजनीतिमा ईच्छा गर्ने र गरिरहनु भएकाहरूका लागि सहयोग गर्ने र उनिहरूका लागि लविगं गर्ने।

4. नेपाली समुदायलाई एकताको सुत्रमा बाँध्न प्रमुख भुमिका खेलेको NCSC(नेपाली मन्दिर) र नेपाली समाज टेक्सासबीच पुर्ण समन्वय गरी सामाजिक सद्भाबलाई अझै मजबुद बनाउने काम गर्ने छु। साथै, Euless मा निर्माणाधिन सामुदायीक भबन एबं श्री पशुपतिनाथ तथा बौद्ध बिहारका लागि NST का तर्फबाट पूर्ण रूपमा सहयोग गर्ने छु।

5. नेपाली डाक्टर एबं स्वास्थ्यकर्मीहरूको संस्था Texas Nepalese Medical Association(TNMA) संग समन्वय र सहयोग गरि निशुल्क स्वास्थ्य शिबिरलाई अझै बढी प्रभाबकारी बनाईने छ।समय समयमा बिभिन्न रोगका बिज्ञहरूबाट स्वास्थ शिक्षाका लागि कार्यक्रमहरू गरिने छ।

6. हाम्रो समाजमा बढ्दो घरेलु हिंसा, मानसीक समस्याबाट पिडित भएकाहरूलाई सहयोग गर्न ठोस योजना सहित सम्बन्धित बिषयका ज्ञाताहरू सम्मिलित समिति गठन गरि काम अघि बढाइने छ ।

7. DFW Metroplex मा कार्यरत नेपाली सामाजीक संस्थाहरूसंग समन्वय गरि सामाजिक कार्यक्रमहरू गरिने छ। साथै सबै संस्थाका सामाजिक कार्यहरूलाई बढावा दिदै सहयोग गरिने छ।

8. हामी सबैलाई थाहा छ अमेरिकामा कानुनी सेबा अत्यन्तै महंगो छ। त्यसैले समय समयमा नियमित रूपमा कानुनी परामर्षका कार्यक्रमहरू गरिने छ।


प्रकाशित | ९ पुष २०७८, शुक्रबार १७:०५