नायिका मनिषा कोइराला नेपालमा

काठमाडौँ : नायिका मनिषा कोइराला नेपाल आएकी छिन् । उनी, मंगलबार बेलुकी बेलहिया नाकाबाट नेपाल आइपुगेपछि उनलाई नेपाली सेनाको टोलीले पिकअप गरेको थियो । बेलहिया नाकाबाट आएका उनीहरु होटलमा क्वारेन्टाइनमा बस्नेछन् ।

नायिका मनिषा कोइराला एक ट्विटका कारण भारतीय मिडियाको निशानामा परेकी थिइन् । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गर्दै नयाँ नक्शा सार्वजनिक गर्ने निर्णय गरेपछि मनिषाले गरेको एक ट्विट भारतीय संचारमाध्यमको निशानामा परेको थियो ।

मनिषाले अब यो मुद्दालाई नेपाल, भारत र चीन मिलेर सुल्झाउनुपर्ने बताएकी थिइन् । मनिषा उनको परिवारसहित नेपाल आएकी हुन् ।


प्रकाशित | २२ जेष्ठ २०७७, बिहीबार १३:१३