संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि होः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं  – जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा, बाबुराम भट्टराईले लामो समयसम्म संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको बताउनु भएको छ ।

आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले प्रतिपक्षीले अनिश्चित ढङ्गले संसद्लाई बन्धक बनाउँदा लोकतन्त्र कमजोर हुने भन्दै छिटोभन्दा छिटो संसद् सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।

एमालेको अवरोध कायम रहे अन्तर्राष्ट्रिय परम्परा र संसदीय मर्यादानुसार संसद्लाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

“जनप्रतिनिधिमूलक संस्था भनेको जनताको सार्वभौमिक सत्ता अभ्यास गर्ने उच्चतम् थलो हो, यसमा असहमति हुन सक्छन्, तर प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्ने हो, अवरोध गर्ने होइन”, उहाँले भन्नु भयो, “राष्ट्रिय÷अन्तर्राष्ट्रिय मुद्दा होइन, आफ्नो पार्टी फुट्यो भन्ने निउँमा यसरी महिनौँसम्म बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो ।’

 


प्रकाशित | ७ पुष २०७८, बुधबार २१:११