नेपाल एअरलाइन्सका पाइलट विजय लामा निलम्बित

काठमाण्डौ :  नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा पर्नु भएको छ । क्यानको बैठकले लामालाई तत्कालका लागि निलम्बन गर्न निर्देशन दिएको हो । केही समयअघि एक युट्यूब च्यानलमा विवादास्पद अन्तर्वार्ता दिएपछि पाइलट लामा निलम्बनमा पर्नुभएको हो । पाइलट लामालाई प्रवक्ताको पदमा रहुञ्जेल जहाज नउडाउन र उहाँले अन्तर्राष्ट्रिय नागरिक उडड्यनसँग सम्बन्धित केही नियम नजानेकाले नियम सिकाउन पनि निर्देशन दिइएको जनाइएको छ ।

उहाँले एक युट्यूब च्यानलमा अन्तर्वार्ता लिदैं आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा पनि नलाग्ने बताउनुभएको थियो । सार्वजनिक मिडियामा नेपाल वायुसेवा निगमको आन्तरिक विषय सार्वजनिक गरेको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै पाइलट लामाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १७:२२