संसदमा मलाई देखेर ओलीको सातो जान्छ: माधव नेपाल

पोखरा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूलाई संसदमा देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो जाने गरेको बताउनुभएको छ ।

मलाई देख्यो भने केपी ओली प्रवृत्तिको सातो जान्छ,’ मंगलबार पार्टीले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भन्नुभयो, ‘त्यही भएर पनि संसदमा मेरो उपस्थित अनिवार्य छ ।’

अध्यक्ष नेपालले एमालेले संसदमा अवरोध गरेर संविधान, सर्वोच्च अदालत र निर्वाचन आयोगको समेत अपमान गरेको बताउनु भयो ।

अध्यक्ष नेपालले एमालेले आफूहरुलाई शत्रु घोषणा गरेको भन्दै अनुहारसमेत हेर्न नचाहेको बताउनुभयो । ‘एमालेले हामीलाई शत्रु घोषणा गरेको छ, हाम्रो अनुहार पनि हेर्दिन भनेको छ, तर कस्तो संयोग, नेपाली कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्यो,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न हुने, अरु ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ।’


प्रकाशित | ६ पुष २०७८, मंगलवार १६:४५