दैलेखमा २१ जना कोरोनामुक्त भएर घर फर्किए

दैलेख : दैलेखमा २१ जना कोरोना सक्रमीत डिस्चार्ज भएका छन् । सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

आइसोलेसन अस्पतालमा उपचारमा खटिएका डाक्टर जगत थापाका अनुसार कोरोना जितेर घर फर्कनेमा नारायण नगरपालिका वडा नः ३ का ३०, ३०, ३०, १९ वर्षीय पुरुष, वडा नं. ४ का २५, २५, ४० वर्षका पुरुष र २० महिनाको बालक वडा नं. २ बाट २१, ४३ वर्षीय पुरुष, वडा नं. ६ का २७ वर्षीय पुरुष, वडा नंं ८ का २०, २०, २८ वर्षीय पुरुष, वडा नं. ९ का २२, ५० वर्षीय पुरुष, वडा नं. १० का २०, २३, १७, १७ वर्षीय पुरुष, वडा नं. ११ का २६ वर्षीय पुरुष कोरोना जितेर घर फर्किएका हुन ।

नारायण नगरपालिका वडा नं. ४ का २० महिने बालक आमा सङ्क्रमित भएका कारण आमासँगै रहेको डाक्टर जगत थापाले बताउनुभयो । उनीहरू सबै भारतका विभिन्न सहरबाट आएका थिए ।


प्रकाशित | ३० जेष्ठ २०७७, शुक्रबार १४:३५